Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images
कोरोना अपटेड

२४ घण्टामा १ हजार ७५६ संक्रमित थपिए, २३ जनाको मृत्यु

२४ घण्टामा १ हजार ७५६ संक्रमित थपिए, २३ जनाको मृत्यु

  • शुक्रवार, भाद्र १८ २०७८

  • 502
    SHARES

  • २४ घण्टामा १ हजार ७५६ संक्रमित थपिए, २३ जनाको मृत्यु

    काठामडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सोहि अवधिमा संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् ।

    आज थपिएका संगै संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।

    हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


    शुक्रवार, भाद्र १८ २०७८०४:४२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij