Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेटः मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, यस्तो छ संक्रमणको अवस्था !

कोरोना अपडेटः मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, यस्तो छ संक्रमणको अवस्था !

  • शुक्रवार, श्रावण २२ २०७८

  • 489
    SHARES

  • कोरोना अपडेटः  मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, यस्तो छ संक्रमणको अवस्था !

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार ४३० र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा १ हजार ८८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

    देशभर हालसम्म संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० पुगेकोे छ । संक्रमितमध्ये ६ लाख ६५ हजार ५४८ निको भएका छन् भने संख्या १० हजार १९ जनाको मृत्यु भइसकेकोे छ ।

    अहिले देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तैे ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    शुक्रवार, श्रावण २२ २०७८०५:४४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij