Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नेपालमा ९ जनामा भेटियो उत्परिवर्तित भाइरस

नेपालमा ९ जनामा भेटियो उत्परिवर्तित भाइरस

सतर्क हुन स्वास्थ्य मन्त्रालयको आग्रह
  • सोमवार, आषाढ ७ २०७८

  • 1.1K
    SHARES

  • नेपालमा ९ जनामा भेटियो उत्परिवर्तित भाइरस

    काठमाडौं – नेपालमा ९ जनामा कोभिड १९ को उत्परिवर्तित भेरियन्ट ‘के ४१७ एन म्युटेसन’ भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोमिक पहिचानका लागि जेठ २६ मा भारत पठाइएका ४८ वटा नमुनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको हो ।

    यो भेरियन्ट हालसम्म १० वटाभन्दा बढी मुलुकमा फैलिइसकेको मन्त्रालयले जनाएको छ । वैशाख २६ देखि जेठ २० गतेसम्म संकलन गरिएका उक्त नमूनाहरु जिनोमिक पहिचानका लागि भारतको द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजी ल्याबमा पठाइएको थियो । परीक्षण गरिएका नमूनामध्ये ४७ वटामा डेल्टा र एउटामा अल्फा भेरियन्ट भएको पाइएको थियो ।

    डेल्टा भेरियन्ट पहिचान भएकैमध्येबाट ९ वटा नमूनामा थप उत्परिवर्तित भेरियन्ट पुष्टि भएको हो । नेपालमा हालसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक र सबै उमेर समूहमा फैलिने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा स्वास्थ्यप्रति जिम्मेवार हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।


    सोमवार, आषाढ ७ २०७८०३:१८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij