Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति युनिफिन चिन्तित, सूरक्षाको माग (विज्ञप्तिसहित)

स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति युनिफिन चिन्तित, सूरक्षाको माग (विज्ञप्तिसहित)

  • बिहिवार, जेठ २० २०७८

  • 985
    SHARES

  • स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति युनिफिन चिन्तित, सूरक्षाको माग (विज्ञप्तिसहित)

    काठमाडौं - नेपालका निजी, अर्धसरकारी तथा सरकारी स्वास्थ्य संस्थाहरुका कर्मचारीहरुको साझा संगठन युनिफिनले स्वास्थ्यकर्मीहरुमाथि भइरहेको कुटपिट, आक्रमण र दुव्र्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

    विषेशगरी, यही जेठ ४ गते विराटनगरस्थीत बिराट मेडिकल कलेज र जेठ १३ गते भेरी अस्पतालमा सेवामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको हातपात र तोडफोडको घटनाबाट चिन्तित बनाएको युनिफिनले जनाएको छ ।
    यु

    निफिनका अध्यक्ष पृथ्वीरमण थपलियाले विज्ञप्ति जारी गर्दै महामारीको विषम परिस्थितिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न हौसला प्रदान गर्नुको सट्टा यस्तो घृणित कार्य भएको भन्दै घोर भत्सर्ना गर्नुभएको छ ।

    दुवै घटनाका दोषीहरुलाई हदैसम्मको कानुनी कारवाही गर्न र आगामी दिनमा फेरि यस्ता घटना नहुने सुनिश्चित गराउन पनि उहाँले माग गर्नुभएको छ ।

    “यस जटिल र कारुणिक परिस्थितिमा समेत दिनरात, भोकप्यास नभनी आफ्नो ज्यान जोखिममा राखी बिरामीहरुको स्वास्थ्य लाभका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अनवरत रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहनु भएको अवस्थामा तिनै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यहार र कुटपिटजस्ता अमानवीय कृयाकलापहरु बढ्दै गइरहेकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रोगसंगसंगै भौतिक आक्रमणको सन्त्रस्त वातावरणमा सेवाप्रदान गर्नु परिरहेको दुखःद परिस्थितिप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा लेखिएको छ ।

    विभिन्न स्वास्थ्य सस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई संगठित गर्दै उनीहरुको क्षमता विकास, हकहितको संरक्षणसँगै आफ्नो पेसाप्रति इमान्दार भइ समाज र नागरिकहरुको सेवा गर्न उत्प्रेरित गर्ने उद्धेश्यले यस संघ गत २०७१ सालमा श्रम विभागमा दर्ता भएको युनिफिनले जनाएको छ ।

    191368550_984608575628179_4161560252628895887_n.png


    बिहिवार, जेठ २० २०७८०४:२३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij