Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नेपालमा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी

नेपालमा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी

६ हजार ७१४ संक्रमित थपिदा ६ हजार ७१६ निको भय,१४५ जनाको मृत्यु
  • बुधवार, जेठ १२ २०७८

  • 967
    SHARES

  • नेपालमा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी

    काठमाडौँ । नेपालमा लामो समयपछि कोरोना भाइरसबाट संक्रमण हुनेहरुको संख्यामा थोरै कमि आएको छ । कोरोनाको दोस्रो लहर सुरु भए यता आज नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ ।

    पछिल्ला केहि सातामा दैनिक आठ, नौ हजार संक्रमित थपिरहेका बेला निको हुनेकोे संख्या भने बढ्न सकेको थियन । पछिल्ला केहि दिन यता संक्रमितको संख्या सँगसँगै निको हुनेको संख्या पनि बढेके छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या बढि छ । थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदा निको हुनेको संख्या ६ हजार ७१६ रहेको छ । दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर हो ।

    यसअघि हिजो ८हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि हुदा थप ६ हजार ४०४ जना संक्रमित डिस्चार्ज भएका थिय ।

    यो सँगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या चार लाख ११ हजार ६०३ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परिक्षण भएको हो ।

    सोहि अवधिमा थप १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ ।

    यसैबिच काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १ हजार ४९३ जना कोरोना संक्रमित थपिएका छन्। जस्मध्ये ११३ जना भक्तपुरमा, २४१ जना ललितपुरमा र १ हजार १३९ जना काठमाडौंमा गरी १ हजार ४९३ जनामा कोरोना संक्रमण देखिएको हो ।काठमाडौं उपत्यकामा कोरोना भाइरसको दोस्रो लहरमा थपिएका संक्रमित संख्या मध्ये आज सबैभन्दा कम हो ।

    अहिलेसम्म नेपालमा ५ लाख ३५ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख १७ हजार ७७ जना संक्रिय संक्रमितका रहेका छन् ।

     


    बुधवार, जेठ १२ २०७८०५:४९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij