Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

'आयुर्वेदविज्ञ हुँ भनेर जथाभावी अन्तरवार्ता दिने र कोरोनाको उपचार गर्छु भन्नेको भ्रममा नपरौं ' (विज्ञप्तिसहित)

'आयुर्वेदविज्ञ हुँ भनेर जथाभावी अन्तरवार्ता दिने र कोरोनाको उपचार गर्छु भन्नेको भ्रममा नपरौं ' (विज्ञप्तिसहित)

  • बिहिवार, जेठ ६ २०७८

  • 1.0K
    SHARES

  • 'आयुर्वेदविज्ञ हुँ भनेर जथाभावी अन्तरवार्ता दिने र कोरोनाको उपचार गर्छु भन्नेको भ्रममा नपरौं ' (विज्ञप्तिसहित)

    काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्, नेपालले आफ्नो कम्पनीमा दर्ता नभएका अनाधिकृत व्यक्तिहरुबाट आयुर्वेद एवं जडुबुटी विज्ञका रुपमा विभिन्न सामाजिक सञ्जालबाट अन्तवार्ता कोरोना भाइरस (कोभिड १९) को उपचारको अनावश्यक दाबी गर्ने गरेकोप्रति आपत्ति जनाएको छ ।

    परिषद्का रजिस्टार डा. निर्मल भुसाल आज विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरुले आयुर्वेदिक औषधिहरुको भ्रामक प्रचार प्रसार गरिहेको पाइएको बताउँदै यस किसिमका अवान्छित गतिविधि नगरी दिन सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ ।

    ‘यस परिषद्मा दर्ता नभएका अनाधिकृत व्यक्तिहरुबाट आयुर्वेद एवं जडुबुटी विज्ञका रुपमा विभिन्न सामाजिक सञ्जालबाट अन्तवार्ता कोभिड १९ को उपचारको अनावश्यक दाबी गर्ने गरेको र आयुर्वेदिक औषधिहरुको भ्रामक प्रचार प्रसार गरिहेको पाइएको हुँदा यस किसिमका अवान्छित गतिविधिहरु नगरी दिनु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, आज जारी विज्ञप्तिमा भनिएको छ ।

    साथै, रजिस्टार भुसालले परिषद्मा दर्ता भएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विभिन्न लेख, भनाइ, अन्तरवार्ता आदिमार्फत आफ्ना विचार प्रस्तुत गर्दा शास्त्र एवं वैज्ञानिक तथ्य र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धि निर्देशिका पालना गर्न पनि अनुरोध गर्नुभएको छ ।

    ‘यस परिषद्मा दर्ता भएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विभिन्न लेख, भनाइ, अन्तरवार्ता आदिमार्फत आफ्ना विचार प्रस्तुत गर्दा शास्त्र एवं वैज्ञानिक तथ्य र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको नेपाल कोभिड १९ को रोकथामका उपाय तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धि निर्देशिकाको आधारमा राय दिन तथा रोगको उपचार, निदान आदि विषयमा अभिव्यक्ति दिँदा आफू दर्ता परिषद्ले दिएको विषय र कार्यक्षेत्रको आचारसंहिताभित्र रही गर्नुहुन स्मरण गराइन्छ’, उहाँको आग्रह छ ।

    यस्तो छ विज्ञप्ति :

    184248103_617728129621278_2772932316056997433_n.jpg


    बिहिवार, जेठ ६ २०७८०२:२८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij