Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

अक्सिजन उत्पादन गर्न कन्सन्ट्रेटर ल्याइँदै
  • आइतवार, जेठ २ २०७८

  • 741
    SHARES

  • ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

    ठोरी - पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी–४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ (पिएल)ले गाउँपालिकाले संक्रमणको जोखिमलाई ध्यान दिंदै २० वटा अक्सिजन सिलिण्डरसहित २० बेडको आइसोलेसन तयारी अवस्थामा राखेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार अक्सिजन सपोर्ट आवश्यकता पर्ने संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा ल्याएर राखिने छ ।

    तर, अक्सिजन सपोर्ट आवश्यक नपर्ने बिरामीहरुलाई भने घरमा नै ‘होम आइसोलेसन’मा राख्न गाउँपालिकाले सबै वडाहरुलाई सर्कुलर गरेको छ ।

    गाउँपालिकाले अक्सिजन उत्पादन गर्न ‘अक्सिजन कन्सन्ट्रेटर’समेत ल्याउने तयारी गरेको छ । सो मेसिनले हावामा रहेका अक्सिजनलाई तान्ने र प्रशोधन गरेर मेसिनमा जम्मा गर्ने छ भने त्यसपछि आवश्यक पर्ने व्यक्तिले अक्सिजन लिन सक्नेछन् ।

    गाउँपालिकाले कोभिडका बिरामीलाई बोक्नका लागि एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने ननकोभिड बिरामीलाई दिइने सेवालाई समेत निरन्तरता दिन अन्य दुईवटा एम्बुलेन्स संचालनमै रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    आइसोलेसनमा बसेका कसैलाई असहज भए गाउँपालिकाको आइसोलेसनमा ल्याएर राखिने छ भने थप उपचार आवश्यक परे एम्बुलेन्समार्फत अस्पताल लैजाने व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    यसैगरी निषेधाज्ञाको समयमा देशका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सबै वडाका अध्यक्षहरुमार्फत रेखदेख गरिरहेको छ ।

    यस्तै गाउँपालिकाले पिसिआर र एन्टिजेन विधिमार्फत लक्षण देखिएका तथा संक्रमण पुष्टि भएर संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परिक्षणसमेत निशुल्क रुपमा गर्दै आएको छ ।

    आइसोलेसनमा राखिने संक्रमितहरुका लागि रेखदेख गर्न आवश्यक पर्ने जनशक्ति स्थानीय स्वास्थ्यचौकीबाट व्यवस्थापन गरिएको छ भने स्टाफ नर्स तथा अनमीहरुसमेत भर्ना गरी तयारी अवस्थामा राखिएको छ ।


    आइतवार, जेठ २ २०७८०७:०५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij