Aug 29 2026 | २०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

  • आइतवार, बैशाख १९ २०७८

  • 1.5K
    SHARES

  • म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ। प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको छ।

    क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको यो जितसँगै सिटीले चौथो वर्षमा तेस्रो पटक प्रिमियर लिग उपाधि पक्का गर्न लागेको छ। यदि भोलि हुने खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको खण्डमा सिटीले उपाधि पक्का गर्नेछ।

    त्यसो नभएमा आगामी शनिबार हुने चेल्सीविरुद्धको खेलबाट केही खेल अगावै सिटीले उपाधि पक्का गर्नेछ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीलाई जितताउन सार्जियो अगुएरो र फेर्नान टोरेसले १-१ गोल गरे ।

    प्रशिक्षक ग्वार्डिओलाले च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध विजेता टिमका अधिकांश सदस्यलाई विश्राम दिएको खेलको ५७ औं मिनटमा सार्जियो अगुएरोले गोल गरे। त्यसको २ मिनटपछि फेर्नान टोरेसले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।

    जितसँगै सिटीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । सिटीले ३४ खेलमा ८० अंक जोडेको छ । ३३ खेलमा ६७ अंक जोडेको म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा छ । यस्तै ३३ खेलमा ३८ अंक जोडेको क्रिस्टल प्यालेस तालिकाको १३ औं स्थानमा छ


    आइतवार, बैशाख १९ २०७८०६:४६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij