Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

एकैदिन थपिए ४८ सय ९७ जना कोरोना संक्रमित, काठमाडौँ उपत्यकामा मात्र २ हजार ४७

एकैदिन थपिए ४८ सय ९७ जना कोरोना संक्रमित, काठमाडौँ उपत्यकामा मात्र २ हजार ४७

  • बुधवार, बैशाख १५ २०७८

  • 1.0K
    SHARES

  • एकैदिन थपिए ४८ सय ९७ जना कोरोना संक्रमित, काठमाडौँ उपत्यकामा मात्र २ हजार ४७

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ पीसीआर परीक्षणमा ४हजार ७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना थपिएको जानकारी दिनु भएको हो ।

    योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २ हजार ३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
    नेपालमा कोभिड–१९ का कारण गत २४ घण्टाको समयावधिमा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार २११ पुगेको छ। विगत २४ घण्टामा ७७३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।


    बुधवार, बैशाख १५ २०७८०४:५०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij