Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

सबै सरकारी अस्पतालमा ५० प्रतिशत शय्या संक्रमितलाई छुट्ट्याउन निर्देशन

सबै सरकारी अस्पतालमा ५० प्रतिशत शय्या संक्रमितलाई छुट्ट्याउन निर्देशन

  • शुक्रवार, बैशाख ३ २०७८

  • 948
    SHARES

  • सबै सरकारी अस्पतालमा ५० प्रतिशत शय्या संक्रमितलाई छुट्ट्याउन निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिए ।

    मन्त्रालयले पीसीआर परीक्षण गर्ने निजी प्रयोगशाला र कोभिड–१९ को उपचार गर्ने निजी अस्पतालको हकमा पनि शुल्क तोकेको छ । मन्त्रालयले निजी प्रयोगशालाले दुई हजार रुपियाँ नबढाइ शुल्क लिन सक्ने उल्लेख गरेको छ । यस्तै कोभिडको उपचार गर्ने निजी अस्पतालले सङ्क्रमितको औषधिबाहेक उपचारका लागि सङ्क्रमणको जटिलताका आधारमा सामान्य अवस्थाका बिरामीका लागि प्रतिदिन तीन हजार पाँच सय रुपियाँ, मध्यम अवस्थाका लागि प्रतिदिन सात हजार रुपियाँ र जटिललाई प्रतिदिन १५ हजार रुपियाँ र त्यसमा ५० प्रतिशत थप नबढ्ने गरी शुल्क लिन सक्ने उल्लेख गरेको छ  ।

    मन्त्रालयले निजी अस्पतालमा नियमित सेवा लिन आएकाहरूलाई कोभिड–१९ पुष्टि भएको अवस्थामा अन्यत्र रिफर नगर्न समेत अनुराेध गरेको छ । यस्तै सबै अस्पताललाई फिवर क्लिनिक सञ्चालनमा ल्याउन तथा कोभिड–१९ को परीक्षणका लागि नमुना सङ्कलन गर्ने तथा परीक्षणको व्यवस्था मिलाउनेतर्फ पनि ध्यान दिन आग्रह गरेको छ । पछिल्लो दुई सातायता नेपालमा कोराेना सङ्क्रमण पुनः बढ्दो क्रममा रहेको छ ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    शुक्रवार, बैशाख ३ २०७८०६:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij