Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थपिए ३३७ कोरोना संक्रमित, १५१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए ३३७ कोरोना संक्रमित, १५१ जना डिस्चार्ज

थप १ जनाको मृत्यु
  • शनिवार, चैत्र २८ २०७७

  • 585
    SHARES

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो ४ हजार ७१ नमुनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ । बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन् ।

    नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ। यस्तै, कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ रहेको छ ।


    शनिवार, चैत्र २८ २०७७०५:०५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij