Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गरिदिन सिरमलाई सरकारको पत्र

बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गरिदिन सिरमलाई सरकारको पत्र

  • शुक्रवार, चैत्र २७ २०७७

  • 865
    SHARES

  • बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गरिदिन सिरमलाई सरकारको पत्र

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गराउन भन्दै तेस्रोपटक पत्राचार गरेको छ ।

    सिरमले दिनुपर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि सरकारले पुनः पत्र पठाएको हो ।

    गत फागुन ५ गते सरकार र सिरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खरिद गर्ने सहमति भएको थियो ।

    बाँकी १० लाख त्यसको एक साता अर्थात फागुन १५ गतेभित्र पठाइसक्नुपर्ने थियो । तर, सिरमले कुनै कारणबिना तत्काल खोप आपूर्ति गर्न नसकिने पत्र नेपाललाई लेखेको थियो ।

    खोपका लागि सरकारले ९३ करोड रुपैयाँ सिरमलाई उपलब्ध गराइसकेको छ । भारतभित्रै ब्यापक माग भैरहेको स्थितिमा भारतीय विदेश मन्त्रालयले अस्थायीरुपमा खोप आपूर्तिमा रोक लगाएको विवरण बीबीसीमा आएको थियो ।

    तर, विदेश मन्त्रालयले खोप आपूर्तिमा रोक नलगाएको बताइसकेको छ । नेपालमा सिरमले उत्पादन गरेको कोभिसिल्ड खोपलाई झन्डै १८ लाख जनाले लगाइसकेका छन् ।


    शुक्रवार, चैत्र २७ २०७७०४:५३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij