Nov 03 2026 | २०८३, कार्तिक १८ गते

Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थपिए २८८ कोरोना संक्रमित , १२७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थपिए २८८ कोरोना संक्रमित , १२७ जना संक्रमणमुक्त

  • शुक्रवार, चैत्र २७ २०७७

  • 763
    SHARES

  • पछिल्लो २४ घण्टामा थपिए २८८ कोरोना संक्रमित , १२७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २८८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ४ हजार ७१ वटा नमुनाको परीक्षण गरिएकोमा २८८ जनाको नतिजा पोजेटिभ देखिएको हो ।

    योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै २४ घण्टामा १२७ जना संक्रमणमुक्त भएपछि नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु भएको छैन ।

    यसअघि बुधबारसम्म नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको थियो । देशभर हाल क्वारेन्टिनमा ८४ जना छन् भने आइसोलेसनमा २६१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, चैत्र २७ २०७७०४:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij