Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थपिए ८५ जना कोरोना संक्रमित, तीनजनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ८५ जना कोरोना संक्रमित, तीनजनाको मृत्यु

  • शनिवार, चैत्र १४ २०७७

  • 591
    SHARES

  • पछिल्लो २४ घण्टामा थपिए ८५ जना कोरोना संक्रमित, तीनजनाको मृत्यु

    काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो।

    योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको छ। जसमध्ये १ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन्।

    गत २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ। 

    कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत पुगेको छ।


    शनिवार, चैत्र १४ २०७७०४:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij