Oct 26 2026 | २०८३, कार्तिक १० गते

Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थपिए १ सय ५६ कोरोना संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १ सय ५६ कोरोना संक्रमित, ४ जनाको मृत्यु

  • शुक्रवार, चैत्र १३ २०७७

  • 582
    SHARES

  • पछिल्लो २४ घण्टामा थपिए १ सय ५६ कोरोना संक्रमित, ४ जनाको मृत्यु


    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छc

    प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा संक्रमण देखिएको छ। पछिल्लो केही समयदेखि वाग्मती प्रदेशमा संक्रमणको दर बढ्दै गएको छ। प्रदेश २ मा भने थप संक्रमण देखिएको छैन।

    यस्तै, संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भइसकेको छ।

    मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ७० जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै हाल देशभर ५२ जना क्वारेन्टाइनमा छन् भने १ हजार २ सय ९९ जना संक्रिय संक्रमित रहेका छन्।

     


    शुक्रवार, चैत्र १३ २०७७०४:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij