Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

‘खनालको स्वास्थ्य अवस्था अफवाह फैलाएजस्तो गम्भीर छैन सामान्य छ’ (प्रेस नोटसहित)

‘खनालको स्वास्थ्य अवस्था अफवाह फैलाएजस्तो गम्भीर छैन सामान्य छ’ (प्रेस नोटसहित)

  • आइतवार, चैत्र ८ २०७७

  • 793
    SHARES

  • ‘खनालको स्वास्थ्य अवस्था अफवाह फैलाएजस्तो गम्भीर छैन सामान्य छ’ (प्रेस नोटसहित)

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उहाँको सचिवालयले जनाएको छ ।

    खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आज प्रेस नोट जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उहाँको स्वास्थ्य अवस्था बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील नभएको बताउनुभएको छ ।

    पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको उहाँले बताउनुभयो ।

    भट्टराईले खनालको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यमले भ्रामक अफवाहमा आधारित समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।

    ‘पूर्वप्रधानमन्त्री खनालको बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन’, प्रेस नोटमा उल्लेख छ, ‘कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ । यस्ता खालका भ्रामक अफवाहमा आधारित समचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।'

    प्रेस नोटको पूर्णपाठ :

    केही अनलाइन तथा छापाहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि शीर्षक राखी समाचार सम्प्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    पूर्वप्रधानमन्त्री झलनाथ खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको अवस्था हो । बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन । कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सुचना सम्प्रेषण गर्नु भन्दाअगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ ।

    यस्ता खालका भ्रामक अफवाहमा आधारित समचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । तसर्थ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय, शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा हार्दिक आग्रह गर्दछु ।

    कृष्ण भट्टराई
    स्वकीय सचिव
    पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको सचिवालय
    ०८ चैत ०७७ ।

     


    आइतवार, चैत्र ८ २०७७०१:२७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij