Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ गतेदेखि

कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ गतेदेखि

  • बिहिवार, चैत्र ५ २०७७

  • 785
    SHARES

  • कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ गतेदेखि

    काठमाडौं । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गते सम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका स्वास्थ्यकर्मीलगायतका अन्य प्राथमिकतामा परेका व्यक्तिलाई वैशाख ७ देखि ११ गते सम्म दोस्रो मात्रा दिने भएको हो ।

    स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो प्राथमिकता क्रममा परेका व्यक्तिलाई वैशाखमा खोप दिने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आईसीएसको बैठकले पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो पटकको खोप दिने निर्णय भएको जानकारी दिनुभएको छ ।

    तीन महिनापछि पहिलो चरणमा खोप लगाएकाले दोस्रो पटकको खोप पाउन लागेका हुन् ।

    सुरुमा चार हप्तापछि दोस्रो पटकको खोप लगाउने भनिए पनि अध्ययनले आठ देखि १२ हप्ता दोस्रो पटक खोप दिँदा प्रभावकारी हुने देखाएपछि सो अनुरूप गरिएको हो ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

     


    बिहिवार, चैत्र ५ २०७७०७:१४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij