Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

२०८३, कार्तिक ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा २४ घण्टामा थपिए ४८ जना कोरोना संक्रमित, ६१ डिस्चार्ज

नेपालमा २४ घण्टामा थपिए ४८ जना कोरोना संक्रमित, ६१ डिस्चार्ज

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 428
    SHARES

  • नेपालमा २४ घण्टामा थपिए ४८ जना कोरोना संक्रमित, ६१ डिस्चार्ज

    काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै, शुक्रबार ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।

    मुलुकभर ९ सय २९ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १० हजार ४ सय ३४ पीसीआर परीक्षण भएका छन् ।


    शुक्रवार, फाल्गुण २८ २०७७०४:२२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij