Aug 29 2026 | २०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

‘मोटिभेस्नल स्पिकर’ सृष्टि केसी अब काँचको पर्दामा

‘मोटिभेस्नल स्पिकर’ सृष्टि केसी अब काँचको पर्दामा

‘सृष्टिसँग दृष्टि संवाद’ शो चलाउँदै
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 936
    SHARES

  • ‘मोटिभेस्नल स्पिकर’ सृष्टि केसी अब काँचको पर्दामा
    काठमाडौं । मोटिभेस्नल स्पिकरको रुपमा चर्चा कमाएकी ‘ब्लाईण्ड रक्स्’ सृष्टि केसी टेलिभिजन प्रस्तोताको रुपमा उदाएकी छिन्।
     
    मर्यादा मिडीया प्रालिको प्रस्तुती टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर उनी काँचको पर्दामा देखा पर्न लागेकी हुन्।  विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषय वस्तुमा आधारित टक शोको प्रस्तोता हुन पाँउदा आफू झनै रोमाञ्चित भएको केसीको प्रतिकृया छ।
     
    टेलिभिजन कार्यक्रमको प्रस्तोताका रुपमा अनुबन्ध भएपछि उत्साहित हुँदै उनले भनिन्, ‘डान्सिङ रियालिटी शोमा पनि मैले उत्कृष्ट प्रस्तुति गरेर दर्शकको मन जितेँ, ‘मोटिभेस्नल स्पीच’ त अन्तराष्ट्रिय रुपमा मैले कमाएको ख्याती नै हो, अब टक शो मेरो ठूलो चुनौती हुन सक्छ, तर म तपाईंहरुलाई निराश बनाउँदिन, सफल बनाई छाड्छु।’ उनले थपिन्, ‘म आँखा देख्दा कहिल्यै फर्स्ट भइन, तर दृष्टिविहीन भएपछि कहिल्यै सेकेण्ड हुनु परेको छैन।’
     
    टेलिभिजन कार्यक्रम उत्पादक कम्पनी मर्यादा मिडीयाका कार्यक्रम प्रमुख श्याम नेपाल सृष्टिलाई पर्दामा उतारेर समाजको संघर्षको कथालाई बाहिर ल्याउन पाउँदा आफू उत्साहित रहेको बताउँछन्।
     
    उनले ‘सृष्टिसँग दृष्टी संवाद’ एउटा महत्वपूर्ण र इतिहास लेखिने कार्यक्रम बनाइने बताए। ‘सृष्टिको मेहनत र हाम्रो सत्प्रयासले कार्यक्रमको उचाइ बढ्नेमा हामी ढुक्क छौं’, कार्यक्रमको निर्देशक समेत रहेका नेपालले बताए।कार्यक्रम नयाँ वर्ष २०७८ सालको दोश्रो सातादेखि राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिने मर्यादा मिडीयाले बताएको छ।
     
    कार्यक्रमको ५ अंक छायाँकन गरिसकिएको छ। कार्यक्रमका मुख्य तथा सहायक प्रायोजकहरू अनुबन्ध गरेलगत्तै पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विस्तृत जानकारी दिइने मर्यादा मिडीयाले जनाएको छ।
     
    को हुन् सृष्टि ? 
     
    सृष्टिले १६ वर्षको उमेरमा दृष्टि गुमाएकी हुन्। आँखाको सामान्य एलर्जीले सताए पछि उनी अभिभावकसँग अस्पताल गएकी थिइन्।
     
    डाक्टरले ’स्टेरोयड’ सम्बन्धि औषधी दिए पछि त्यसको नकारात्मक प्रभावले उनको आँखामा जलविन्दु भयो। त्यही समस्याले पछि उनले सदाका लागि आँखाको ज्योती गुमाईन्।
     
    साहित्य, गायन र विशेषगरी नाच्नमा रुची राख्ने सृष्टि, मोटिभेस्नल स्पीकरको रुपमा देशविदेशमा प्रख्यात छिन्। उनी त्रिभुवन विश्वविद्यालयको ०६५ सालको स्नातक परीक्षामा नेपाली साहित्य विषयमा विश्वविद्यालय ‘टपर’ हुन्। सृष्टिले नर्वेजियन विश्वविद्यालयबाट ‘डान्स एन्थ्रोपोलोजी’मा स्नातकोत्तरसमेत गरेकी छिन्।
     
    सृष्टिको संस्था ‘ब्लाइण्ड रक्स्’ ले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउने, व्यक्तित्व विकासमा मद्दत पुर्याउने, आत्मबल बढाउने लगायतका काम गर्दै आएको छ। देशका विभिन्न स्थानमा ‘ब्लाइण्ड रक्स्’ले आफ्नो गतिविधी बढाईरहेको छ।
     
    सृष्टिको जीवनमा आधारित ‘ब्लाईण्ड रक्स्’ वायोपिक बनिसकेको छ। सृष्टिले विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रीय पुरस्कार तथा सम्मान पाएकी छन्।
     


    मंगलवार, फाल्गुण १८ २०७७०७:०५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij