Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images
कोरोनाविरुद्धको खोप

चिनियाँ खोपले पायो नेपालमा आकस्मिक प्रयोगको अनुमति

चिनियाँ खोपले पायो नेपालमा आकस्मिक प्रयोगको अनुमति

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.0K
    SHARES

  • चिनियाँ खोपले पायो  नेपालमा आकस्मिक प्रयोगको अनुमति

    काठमाडौं । नेपालले चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्दको खोपलाई पनि आकस्मिक प्रयोगको अनुमति दिएको छ ।

    औषधि व्यवस्था विभागले सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स–कोभ–टु भ्याक्सिन (भेरो सेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।

    यसअघि विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको थियो ।

    चिनियाँ कम्पनीको खोपलाई औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा विभागले हिजो ससर्त आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।

    चिनले नेपालमा ५ लाख डोज खोप निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । विभागको यो निर्णयसँगै खोप नेपाल आउने बाटो खुलेको छ ।


    बिहिवार, फाल्गुण ६ २०७७११:०४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij