Oct 26 2026 | २०८३, कार्तिक १० गते

Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते
  • यो साता चर्चामा :
images
कोरोनाविरुद्धको खोप अभियान

आजदेखि दोस्रो प्राथमिकतामा परेकालाई खोप : क-कसले पाउँछन् ?

आजदेखि दोस्रो प्राथमिकतामा परेकालाई खोप : क-कसले पाउँछन् ?

  • आइतवार, फाल्गुण २ २०७७

  • 1.0K
    SHARES

  • आजदेखि दोस्रो प्राथमिकतामा परेकालाई  खोप : क-कसले पाउँछन् ?

    काठमाडौं । आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ ।

    यसबाहेक काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

    राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, प्रहरी अस्पताल लाजिम्पाट, शिक्षण अस्पताल, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल, बानेश्वरबाट खोप सेवा लिन सकिने उहाँले जानकारी दिनुभएको छ ।

    यसअघि पहिलो चरणअन्तर्गत पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीमध्ये शुक्रबारसम्ममा तीन हजार ४७९ जनाले खोप लगाएका छन् ।


    आइतवार, फाल्गुण २ २०७७०७:५५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij