Nov 03 2026 | २०८३, कार्तिक १८ गते

Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

वीरका चिकित्सक फेरि आन्दोलित, मनमोहन अस्पतालका कर्मचारी प्रदर्शनमा

वीरका चिकित्सक फेरि आन्दोलित, मनमोहन अस्पतालका कर्मचारी प्रदर्शनमा

बेवारिसे लासको ब्यवस्थापन गर्न दवाव दिन सचेतनामुलक कार्यक्रम
  • सोमवार, माघ २६ २०७७

  • 1.0K
    SHARES

  • वीरका चिकित्सक फेरि आन्दोलित, मनमोहन अस्पतालका कर्मचारी प्रदर्शनमा

    काठमाडौं । वीर अस्पतालका चिकित्सकहरु फेरी आन्दोलित भएका छन् ।

    कोरोना महामारीको समयमा फ्रन्टलाईनमा बसी काम गरेवापतको जोखिम भत्ता नपाएको भन्दै चिकित्सकहरु धर्नामा बसेका हुन् ।

    कारोना भाइरसको समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै आज पनि उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।

    यता, मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कर्मचारीहरू पनि आन्दोलित भएका छन् ।

    कर्मचारीहरुले २०७७ साल वैशाख महिना देखि तलब नपाएको भन्दै आज विरोध प्रदर्शन गर्ने भएका छन् ।

    स्वयम्भूस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा बिहान १० बजे नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियनको अगुवाईमा प्रदर्शन गरिने कर्मचारीहरुले बताएका छन् ।

    यसैबिच, टिचिङ अस्पतालमा रहेका बेवारिसे लासको उचित ब्यवस्थापन गराउन सरकारलाई दवाव सिर्जना गर्न आज सचेतनामुलक कार्यक्रम आयोजना गरिने भएको छ ।

    सामाजिक संस्था अनुसुया रिसर्च सेन्टरका सदस्यहरू सुगम जंग केसी, सुनिल महर्जन र लोहित श्रेष्ठले टिचिङ अस्पतालमा रहेका बेवारिसे लासको उचित ब्यवस्थापन गराउन सरकारलाई दवाव सिर्जना गराउन भनि सचेतनामुलक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    बिहान सवा १० बजे माइतीघर मण्डलामा सचेतनामुलक कार्यक्रम हुने भएको छ ।


    सोमवार, माघ २६ २०७७०८:४४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij