Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाको दोस्रो लहर आउने सम्भावना धेरै: जनस्वास्थ्यविज्ञ डा.पाण्डे

नेपालमा कोरोनाको दोस्रो लहर आउने सम्भावना धेरै: जनस्वास्थ्यविज्ञ डा.पाण्डे

  • मंगलवार, माघ २० २०७७

  • 816
    SHARES

  • नेपालमा कोरोनाको दोस्रो लहर आउने सम्भावना धेरै: जनस्वास्थ्यविज्ञ डा.पाण्डे

    काठमाडौं । जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले नेपालमा कोरोनाको असर कम भएपनि अहिले भइरहेका आमसभा, जुलुसले दोस्रो लहर आउने सम्भावना धेरै रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै डा.पाण्डेले देशमा भइरहेका राजनीतिक गतिविधिले कोरोनाको दोस्रो लहर निम्त्याउने खतरा औँल्याउनुभएको छ ।

    भारतबाट नेपालमा अनुदानमा आएको कोरोना खोप प्रभावकारी भएको उहाँको भनाई छ । डा. पाण्डेले खोप लगाइसके पछि हल्का ज्वरो आउने, खोकी लाग्ने लक्ष्यण देखिए पनि अहिले सम्म ठूलो समस्या नदेखिएको जानकारी दिनुभएको छ ।

    विश्व नै खोपको खोजीमा रहेको अवस्थामा सरकारले बेलामै ध्यान नदिएमा नेपालले खोप कुर्नु पर्ने अवस्था देखिएको उहाँले बताउनुभयो ।

    सरकारले खोप भएका देशमा कुटनीतिक नोटमात्रै पठाउँदैमा खोप नआउने बताउँदै आवश्यकता अनुसार खोप बुकिङ गर्नु पर्ने उल्लेख गर्नुभएको छ ।

    भारत र चीनसँग खोप बुकिङ नभए सन् २०२२ सम्म पनि सबै नेपालीले खोप लगााउन नपाउने जनस्वास्थ्य विज्ञ डा.पाण्डको भनाई छ ।

     


    मंगलवार, माघ २० २०७७०९:१३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij