काठमाडौँ । उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको छ ।
राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो । बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौँको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताउनुभएको छ ।
नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छ, श्रेष्ठले भन्नुभयो, बर्डफ्लु भेटिएको हल्लाले उपभोक्ता डराए ।
यो समाचार आजको नागरिक दैनिकमा छ।