Oct 26 2026 | २०८३, कार्तिक १० गते

Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

२४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

  • शुक्रवार, पौष १७ २०७७

  • 1.3K
    SHARES

  • २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, ८  जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४८ हेको छ ।

    पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार १०७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७०२ पुगेको छ।


    शुक्रवार, पौष १७ २०७७०४:४६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij