Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

५११ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

५११ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

  • बुधवार, पौष १५ २०७७

  • 778
    SHARES

  • ५११ जनामा कोरोना संक्रमण पुष्टि,   थप ७ जनाको  मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा जानकारी दिनुभएको छ ।

    मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ९१२ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।

     


    बुधवार, पौष १५ २०७७०६:३१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij