Aug 26 2026 | २०८३, भाद्र १० गते

Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

श्रीधर खनालको उपन्यास सावर्णिलाई बर्ष २०८१ उत्कृष्ट कृति पुरस्कारद्वारा सम्मान

श्रीधर खनालको उपन्यास सावर्णिलाई बर्ष २०८१ उत्कृष्ट कृति पुरस्कारद्वारा सम्मान

  • मंगलवार, आषाढ ३ २०८२

  • 1.2K
    SHARES

  • श्रीधर खनालको उपन्यास सावर्णिलाई बर्ष २०८१ उत्कृष्ट कृति पुरस्कारद्वारा सम्मान

    पाल्पा । डा. श्रीधर खनालको उपन्यास सावर्णि लाई बर्ष २०८१ उत्कृष्ट कृति, पुरस्कारद्वारा सम्मान गरिएको छ ।

    लुम्बिनी प्रदेशका लेखकद्वारा २०८१ बर्ष भित्र प्रकाशित भएका साहित्यका बिबिध कृति मध्ये उत्कृष्ट एकलाई सम्मान गर्ने उद्देश्यले, तानसेन प्रज्ञा प्रतिष्ठानले यसै वर्षदेखि प्रदेशस्तरीय उत्कृष्ट कृति पुरस्कार दिने घोषणा सँगै कृति आह्वान गरेको थियो ।

    प्रज्ञा प्रतिष्ठानलाई प्राप्त भएका १७ वटा कीर्तिमध्य, निर्णायक समितिद्वारा डा. श्रीधर खनालको उपन्यास सावर्णिलाई सर्वोकृष्ट ठहर गरेको हो ।

    अक्षय रूपी ६८ हजार सहित भब्य कार्यक्रमका बिच ताम्रापत्र सहित स्रष्टालाई सम्मान गरिएको तानसेन प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

    बुक हिल पब्लिकेसनबाट प्रकाशित उक्त उपन्यास, गत वर्ष विशेष चर्चाको रुपमा रहेको थियो ।नौलो विषयवस्तु र शैलीका कारण पनि धेरैको नजर यस कृतिले खिचेको मानिन्छ ।

    ए.आई. र मानव भविष्यको विषयलाई लिएर रचिएको यस आख्यान, नेपालकै पहिलो रोबोटिक्स साइन्स फिक्सन भएको दाबी पनि गरिएको छ ।

    504328145_4146728728896412_4855915458739268704_n.jpg


    मंगलवार, आषाढ ३ २०८२१२:५६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij