Aug 29 2026 | २०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

२०८३, भाद्र १३ गते
  • यो साता चर्चामा :
images

सरकार फेरबदलको हावा चल्दा शेयर बजारमा पहिरो, एकै दिन ५६ अंकको गिरावट

सरकार फेरबदलको हावा चल्दा शेयर बजारमा पहिरो, एकै दिन ५६ अंकको गिरावट

  • मंगलवार, चैत्र ११ २०८१

  • 574
    SHARES

  • सरकार फेरबदलको हावा चल्दा शेयर बजारमा पहिरो, एकै दिन ५६ अंकको गिरावट

    काठमाडौं । आज शेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ अंकले घटेको हो ।

    आज नेप्से २.११ अंकले घटेर २५८४.८८ विन्दु परिसूचक आएको छ । नेप्से घटेपनि कारोबार भने सोमबारको तुलनामा बढेको छ । आज ५ अर्ब १८ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर कारोबार भएको छ ।

    सबै कम्पनीको शेयर मूल्य घटेको छ । जम्मा ४ वटा मात्र कम्पनीको शेयर मूल्य बढेको छ । आज २४० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने कुनैपनि कम्पनिको शेयर मूल्य स्थिर भने छैन ।

    यस्तै ३२५ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार २१ पटक शेयर किनबेच भएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा पहिरो गएको छ । फाइनान्स समूह ३.४१ प्रतिशतले घटेर २४८०.४५ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.५१ प्रतिशतले घटेर १८.९० विन्दुमा आएको छ ।

    त्यस्तै, वाणिज्य बैंक समूह १.४० प्रतिशतले, विकास बैंक समूह ३.२६ प्रतिशतले, होटल तथा पर्यटन २.८२ प्रतिशतले, हाइड्रोपावर ३.०८ प्रतिशतले, लगानी १.९८ प्रतिशतले, जीवन बीमा २.२४ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४९ प्रतिशतले, लघुवित्त २.३० प्रतिशतले, निर्जीवन बीमा २.३८ प्रतिशतले, अन्य सूमह १.६४ प्रतिशतले र ट्रेडिङ समूह १.६० प्रतिशतले घटेको छ ।


    मंगलवार, चैत्र ११ २०८१०५:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij