Oct 24 2026 | २०८३, कार्तिक ८ गते

Oct 24 2026 | २०८३, कार्तिक ८ गते

२०८३, कार्तिक ८ गते
  • यो साता चर्चामा :
images

अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंकले बढ्यो

अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंकले बढ्यो

  • सोमवार, भाद्र १७ २०८१

  • 651
    SHARES

  • अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंकले बढ्यो

    काठमाडौं । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजार सोमबार भने १२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ ।

    कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो ।

    सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे ।

    २३९ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । यस दिन करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

    बुटवल पावरको ९.८, जोशी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५९ प्रतिशत घट्यो ।

    कारोबार रकमका आधारमा गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।


    सोमवार, भाद्र १७ २०८१०५:२८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij