Aug 27 2026 | २०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ५.६३ अंकको सुधार, कारोबार रकम  ३ अर्बमाथि

नेप्सेमा ५.६३ अंकको सुधार, कारोबार रकम  ३ अर्बमाथि

  • बिहिवार, बैशाख २७ २०८१

  • 755
    SHARES

  • नेप्सेमा ५.६३ अंकको सुधार, कारोबार रकम  ३ अर्बमाथि
    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन हिजो नेप्से ०.२१ अंकले घटेको थियो।
     
    सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले बढेर ३५०.६० विन्दुमा कायम भएको छ। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। यसदिन ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँमा खरिदबिक्री भए।
     
    अघिल्लो कारोबार दिन हिजो २ अर्ब ५४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ओरेन्टल हस्पिटलको सेयर सर्वाधिक ८.४६ प्रतिशतले बढ्यो। 
     
    कुमारी सबल योजनाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ८.४८ प्रतिशतले मूल्य ओरालो लाग्यो। कारोबार रकमको आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। ३ समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।
     
    यसदिन होटल्स एन्ड टुरिजम उपसमूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशतले घट्यो। कारोबारमा आएका ११५ कम्पनीको मूल्य बढ्दा ११५ वटाको घट्यो भने १४ वटाको मूल्य स्थिर रह्यो।


    बिहिवार, बैशाख २७ २०८१०३:५५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij