Aug 26 2026 | २०८३, भाद्र १० गते

Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

१७.३० अंकले घट्यो नेप्से, १२ वटा उपसमूहका सूचक राताम्मे

१७.३० अंकले घट्यो नेप्से, १२ वटा उपसमूहका सूचक राताम्मे

  • आइतवार, चैत्र १८ २०८०

  • 876
    SHARES

  • १७.३० अंकले घट्यो नेप्से, १२ वटा उपसमूहका सूचक राताम्मे
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।  नेप्से १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा कायम भएको हो।
     
    सेन्सेटिभ इण्डेक्स २.५१ अंकले घटेर ३५६.५८ विन्दुमा बन्द भएको छ। यसदिन ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २ करोड  ५३ लाख ३२ हजार ३२४ रुपैयाँमा खरिदबिक्री भए।
     
    दोहोरो अंकले ओरालो लागेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माया खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
     
    आज सर्वोत्तम सिमेन्टको सेयर ९.९९ प्रतिशतले ओरालो लागेको छ। कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा रह्यो।  सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
     
    गोर्खाज फाइनान्सको १२ करोड,शिवं सिमेन्टको ११ करोड,हाथवे इन्भेस्टमेन्टको ९ करोड र रिभर फल्स पावरको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
     
    नन लाइफ इन्स्योरेन्स बाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका ६३ कम्पनीको मूल्य बढ्दा १७२ वटाको घट्यो। १० वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।


    आइतवार, चैत्र १८ २०८००४:११:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij