Aug 27 2026 | २०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

  • बुधवार, फाल्गुण २ २०८०

  • 786
    SHARES

  • नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
    काठमाडौं । साताको चौंथो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । तेस्रो कारोबार दिन मंगलबार ३० अंकले घटेको नेप्से परिसूचक बुधबार आज ५.९१ प्रतिशतले बढेको हो।
     
    नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएपनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ। यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ३ हजार २७ कित्ता सेयर ४ अर्ब २५ करोड  ७ लाख २२ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भए।
     
    अघिल्लो दिन ४ अर्ब ६६ करोड मूल्य बढीको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक सामान्य अंकले बढेपनि आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
     
    नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाँचथर पावर र समाज लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन पिपुल्स पावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ५.८१ प्रतिशतले घट्यो।
     
    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड १७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। गुराँस फाइनान्सको १२ करोड, प्राइम कमर्सियल बैंक प्रमोटरको ११ करोड,जोशी हाइड्रोपावर र नेपाल फाइनान्सको १०र१० करोड मूल्यको सेयर कारोबार भयो।
     
    १३ उपसमूहमध्ये  ७ वटाको सूचक बढ्दा  ६ उपसमूहको सूचक नकारात्मक देखिए। यसदिन १३२ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
     


    बुधवार, फाल्गुण २ २०८००३:३८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij