Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्र सुधारतर्फ अघि बढेको मन्त्री महतको दाबी

अर्थतन्त्र सुधारतर्फ अघि बढेको मन्त्री महतको दाबी

  • बुधवार, मंसिर २७ २०८०

  • 508
    SHARES

  • अर्थतन्त्र सुधारतर्फ अघि बढेको मन्त्री महतको दाबी

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताउनु भएको छ। बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    कोभिड महामारी, रुस-युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि नीतिगत मौद्रिक पहल आफूले गरेको मन्त्री महतको दाबी छ ।

    ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ,’ उहाँले भन्नुभयो । ‘मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’

    मन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको पनि बताउनुभयो। जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको उहाँको भनाइ छ ।

    जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलियतपूणर् ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको पनि अर्थमन्त्री महतले बताउनुभयो।


    बुधवार, मंसिर २७ २०८००१:०५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij