Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेपालबाट ३ अर्ब ७१ करोडको कार्पेट निर्यात

नेपालबाट ३ अर्ब ७१ करोडको कार्पेट निर्यात

  • शनिवार, मंसिर २३ २०८०

  • 759
    SHARES

  • नेपालबाट ३ अर्ब ७१ करोडको कार्पेट निर्यात

    काठमाडौं । नेपालबाट चालू आर्थिक वर्ष २०८०–८१ को चार महिनाको अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको कार्पेट निर्यात भएको हो ।

    नेपालबाट यस अवधिमा १ लाख ४६ हजार स्क्वायार मिटर कार्पेट निर्यात भएको छ । नेपालबाट विश्वका ६५ भन्दा धेरै देशमा कार्पेट निर्यात हुने गरेको छ । जसमध्ये अमेरिकामा मात्रै २ अर्ब २० करोड ६७ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।

    भारतमा १४ करोडको निर्यात हुँदा बेलायतमा २१ करोडको निर्यात भएको छ । स्वीजरल्याण्डमा ७ करोड र टर्कीमा ६ करोडको निर्यात भएको छ भने रसियामा ५ करोडको निर्यात भएको छ । यस्तै, कतारमा १ करोडको निर्यात भएको विभागले जनाएको छ ।

    यसबाहेक, सिंगापुर, न्यूजिल्याण्ड, मलेसिया, पानामा, साउदी अरेबिया, साउथ अफ्रिका, स्वीडेन, थाइल्याण्ड लगायतका देशमा समेत निर्यात भएको छ ।


    शनिवार, मंसिर २३ २०८००४:१७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij