Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने

धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने

  • बुधवार, मंसिर १३ २०८०

  • 4.4K
    SHARES

  • धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने

    काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

    बुधवार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अब कर्जा लगानीकर्ता ऋणीको धितो हुँदासम्म कालो सूचीमा राख्न नपाइने व्यवस्था गरेको हो ।

    केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानत दातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ ।

    सो सूचना अवधिपश्चात मात्र जमानत दातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ’ केन्द्रीय बैंकले निर्देशनमा भनेको छ । सबै प्रक्रिया पुर्‍याएर केन्द्रीय बैंकको समेत निर्देशनमा कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् ।

    तर कानुन बमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि भने खाता खोल्न यस व्यवस्थाले बाधा नपुर्याउने केन्द्रीय बैँकले जनाएको छ ।


    बुधवार, मंसिर १३ २०८००४:०१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij