Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय बीमा संस्थानको कामु सिइओमा महेश रिमाल नियुक्त

राष्ट्रिय बीमा संस्थानको कामु सिइओमा महेश रिमाल नियुक्त

  • मंगलवार, कार्तिक २१ २०८०

  • 1.1K
    SHARES

  • राष्ट्रिय बीमा संस्थानको कामु सिइओमा महेश रिमाल नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै संचालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त गरेको छ ।

    नायब प्रबन्धक रिमाललाई कम्पनीको पहिलो बैठकले कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । अब संस्थान कम्पनीमा परिणत भए पश्चात् कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड भएको छ ।कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएसँगै हिजो कार्तिक २० गते सोमबारदेखि कम्पनीमा रुपान्तरण भएको हो ।

    बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने बाटो खुलेको हो । मन्त्री परिषदको कात्तिक १६ गतेको बैठकले संस्थानलाई हालकै ५० करोड अधिकृत पूँजी र १८ करोड १० लाख २० हजार कायम राखी कम्पनीमा परिणत गर्न स्वीकृती दिने निर्णय गरेको हो ।

    बीमा ऐन २०७९ अनुसार कम्पनीमा रुपान्तरण हुनेसँगै न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यकारी अवस्थामा रहेको संस्थानलाई मन्त्री परिषदको निर्णयले चुक्ता पूँजी सम्बन्धी प्रावधानबाट तत्कालका लागी राहत मिलेको थियो ।


    मंगलवार, कार्तिक २१ २०८००३:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij