काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा पुरै छुट दिने भएको छ ।
कम्पनीले नवीकरण बीमा शुल्क भुक्तानी गर्न छुटेका बीमितहरुले नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
यो अफर असोज १७ गतेदेखि असोज ३० गतेसम्म लागु हुने इन्स्योरेन्सले जनाएको छ । तर यस्तो छुट बीमा अवधिभरका लागि एक पटक मात्र पाईने पनि कम्पनीले स्पष्ट पारेको छ ।