Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुग्यो

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुग्यो

  • आइतवार, आश्विन १४ २०८०

  • 794
    SHARES

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुग्यो

    काठमाडौं । पेट्रोलियम पदार्थ खाना पकाउने ग्यास र हवाई इन्धनको फेरि मूल्य बढेको छ । गएराति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो ।

    निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको छ। त्यस्तै खाना पकाउने ग्यासको भने प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढेको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। खाना पकाउने ग्यासको भाउ देशभर नै प्रतिसिलिन्डर २१ सय १० रूपैयाँ पर्नेछ। 

    Nepal-oil-corporation_i2GulEpZJK.jpg


    आइतवार, आश्विन १४ २०८००६:४०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij