Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

सुनका गहना चोरेको आरोपमा लमजुङमा एक युवती पक्राउ

सुनका गहना चोरेको आरोपमा लमजुङमा एक युवती पक्राउ

  • मंगलवार, भाद्र १९ २०८०

  • 1.1K
    SHARES

  • सुनका गहना चोरेको आरोपमा लमजुङमा एक युवती पक्राउ

    काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसीशहरकी सुजा घिमिरे रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार केही दिनअघि बेसीशहर नगरपालिका–७ को क्याम्पस रोड र न्यू इरा बोर्डिङ स्कुल नजिकै भएको छुट्टाछुट्टै घटनामा करिब २३ तोला बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको थियो ।

    चोरीको घटना बढ्न थालेपछि सूक्ष्म अनुसन्धानका साथै निगरानी बढाएको लमजुङ प्रहरीले आइतवार घिमिरेलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकी घिमिरेको साथबाट सुनको रानीहार, मिनिहार, सिक्री र सुनको गणेशको मूर्ति लकेट एकरएक थान फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश सिर्मलले बताउनुभयो ।

    त्यस्तै सुनको वाला, औठी, झुम्का, सुनको रातो पत्थर जडित औंठी, सुनको पत्थर जडित टप, सुनको औंठी दुईरदुई थान र सुनको टप ४ थानसमेत फेला परेको उनले जानकारी दिनुभयो । उनीविरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी सिर्मलले जानकारी दिनुभयो ।

     


    मंगलवार, भाद्र १९ २०८००२:०१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij