Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

प्लास्टिक दाना भनेर कपडा र काजु ल्याउने ट्रक नियन्त्रणमा, चालक फरार

प्लास्टिक दाना भनेर कपडा र काजु ल्याउने ट्रक नियन्त्रणमा, चालक फरार

  • शनिवार, भाद्र ९ २०८०

  • 1.3K
    SHARES

  • प्लास्टिक दाना भनेर कपडा र काजु ल्याउने ट्रक नियन्त्रणमा, चालक फरार

    काठमाडौं । प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायत सामान रहेका दुईवटा ट्रक भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

    भारतबाट प्लाष्टिकका दाना ल्याएको भनेर भन्सार कार्यालय प्रवेश गराइएको दुईवटा ट्रक चेक जाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले बताउनुभयो। भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि चेकजाँच गर्दा दुईवटै ट्रकमा ठूलो परिमाणमा कपडा, काजु, किसमिस लगायतका खाद्य सामग्री फेला परेको हो ।

    ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिषरबाटै नियन्त्रणमा लिई चेकजांच गरिएको तर चालकहरु तत्कालै फरार भएकाले सामानको धनी को हो भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भटराईले बताउनुभयो ।

    शुक्रबार गरिएको प्रारम्भिक जाँचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब २ करोडका सामान रहेको पाइएको छ ।


    शनिवार, भाद्र ९ २०८००१:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij