Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

भारतबाट आउन छाड्यो प्याज, कालिमाटीको मूल्यसूचीबाट हट्यो

भारतबाट आउन छाड्यो प्याज, कालिमाटीको मूल्यसूचीबाट हट्यो

  • मंगलवार, भाद्र ५ २०८०

  • 1.5K
    SHARES

  • भारतबाट आउन छाड्यो प्याज, कालिमाटीको मूल्यसूचीबाट हट्यो

    काठमाडौं । भारतले एकैपटक ४० प्रतिशत निर्यात कर लगाएपछि नेपाली बजारमा प्याज आउन छाडेको छ ।

    कालिमाटी फलफूल तथा तरकारी बजारमा हिजो सोमबारदेखि प्याज आउन छाडेको हो । यससँगै, विकास समितिले वेभसाइटबाट प्याजको मूल्यसूची नै हटाइदिएको छ ।

    विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले हिजो सामेबारदेखि नै प्याज भित्रिन छाडेको बताउनुभयो। कालिमाटी बजारमा दैनिक १०० टन हाराहारी प्याज भारतबाट आउने गरेको थियो ।

    तर, भारतले निर्यातमा कर लगाएपछि भने व्यवसायीले भारतमा महँगो भएको भन्दै आयात नै बन्द गरिदिएका हुन् । यद्यपि, अनौपचारिक माध्यमबाट भने प्याज आइरहेको छ ।

    कालिमाटी बजारमा सोमबार प्याजको थोक मूल्य प्रतिकिलो ६१ रुपैयाँ थियो । हिजो एकैपटक १७ रुपैयाँले बढेर प्रतिकिलो ७८ रुपैयाँ पुगेको थियो । यद्यपि, कालिमाटीमा हरियो प्याज भने कारोबार भइरहेको छ । विकास समितिमा आज हरियो प्याजको मूल्य प्रतिकिलो २२० रुपैयाँ कायम छ ।


    मंगलवार, भाद्र ५ २०८००२:०३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij