Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

तस्करीको सुन गाल्ने कार्य सकियो, केहीबेरमा तौल सार्वजनिक गरिँदै

तस्करीको सुन गाल्ने कार्य सकियो, केहीबेरमा तौल सार्वजनिक गरिँदै

  • मंगलवार, श्रावण ३० २०८०

  • 596
    SHARES

  • तस्करीको सुन गाल्ने कार्य सकियो, केहीबेरमा तौल सार्वजनिक गरिँदै

    काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ ।

    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । मंगलबार बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो ।

    यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताउनुभयो। त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुनको वास्तविक तौल कति छ र कुन गुणस्तरको हो भनेर पत्ता महाशाखाका अधिकारीले बताएका छन् ।

    भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

    सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सुम्पिएको छ ।

     


    मंगलवार, श्रावण ३० २०८००१:५३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij