Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

भारतले सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा कालोबजारी

भारतले सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा कालोबजारी

  • शुक्रवार, श्रावण १९ २०८०

  • 2.1K
    SHARES

  • भारतले सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा कालोबजारी

    काठमाडौं । भारतले साउन ४ गते बासमतीबाहेकको सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।

    भारतको घोषणाको एक साता नपुग्दै नेपाली बजारमा व्यापारीहरूले चामलको भाउ बढाउन थालेका छन् । अहिले एक बोरामा ५ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको गुनासो उपभोक्ताले गरिरहेका छन् ।

    तर, मनलाग्दी मूल्यवृद्धि नियन्त्रण गर्न छाडेर सरकार विज्ञप्ति, पत्राचार र निर्देशनमात्र गरेर बसिरहेको छ । बुधबारमात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको सूचना जारी गर्‍यो । अनुगमन प्रभावकारी नहुँदा निर्देशन कार्यान्वयन फितलो छ ।

    यस्तै गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बिक्री गर्न निर्देशन दिएको हो । तर, खुद्रा व्यापारीहरू भने होलसेलबाटै भाउ बढेकाले महँगो परेको जवाफ दिन्छन् ।


    शुक्रवार, श्रावण १९ २०८००२:३०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij