Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक सवारीको भाडा आजदेखि घट्यो

सार्वजनिक सवारीको भाडा आजदेखि घट्यो

  • बिहिवार, श्रावण ११ २०८०

  • 1.6K
    SHARES

  • सार्वजनिक सवारीको भाडा आजदेखि घट्यो

    काठमाडौं । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ ।

    बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ ।

    यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

    विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्दै आइरहेको छ । पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ । यस्तै, निगमले अबदेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा समेत गरिसकेको छ ।

    पेट्रोलियम पदार्थको मूल्य घटेपछि चौतर्फीरुपमा सार्वजनिक सवारी साधनको भाडादर घटाउन प्रदेश सरकारलाई दबाब परेको थियो । संघीय सरकारले अन्तरप्रदेश चल्ने सवारीको भाडादर निर्धारण गर्ने गरेपनि प्रदेशभित्र चल्ने सवारीको भाडादर सम्बन्धीत प्रदेश सरकारले नै गर्छन् ।


    बिहिवार, श्रावण ११ २०८००१:५८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij