Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

बैंकको निक्षेप ५५ खर्ब ६९ अर्ब पुग्यो, जीडीपीको आकार भन्दा १.०३ प्रतिशत बढी

बैंकको निक्षेप ५५ खर्ब ६९ अर्ब पुग्यो, जीडीपीको आकार भन्दा १.०३ प्रतिशत बढी

  • बुधवार, श्रावण ३ २०८०

  • 432
    SHARES

  • बैंकको निक्षेप ५५ खर्ब ६९ अर्ब पुग्यो, जीडीपीको आकार भन्दा १.०३ प्रतिशत बढी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले होल्ड गरेको पब्लिक डिपोजिट (निक्षेप) मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार भन्दा ठूलो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९–८० को जेठ मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपको आकार ५५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । यो जीडीपीको आकार भन्दा १.०३ गुणाले बढी हो ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले यो वर्षको २.१६ प्रतिशतले आर्थिक वृद्धि हुँदै जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ३३ करोड पुग्ने प्रारम्भिक अनुमान गरेको छ ।

    यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जाको हिस्सा जीडीपीको ९०.२८ प्रतिशत अर्थात् ४८ खर्ब ५८ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । यो यसै आर्थिक वर्षको तेस्रो त्रैमास चैत मसान्तको तुलनामा ३१ अर्बले कम लगानी हो ।

    २०७९ चैत मसान्त अर्थात् अप्रिल, २०२३ मा बैंक तथा वित्तीय संस्थाहरूले ४८ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । वैशाखमा ४८ खर्ब ७९ अर्ब रुपैयाँ लगानीमा झरेकामा जेठमा थप घट्दै ४८ खर्ब ५८ अर्बमा सीमित भएको हो ।

    ५५ खर्ब ६९ अर्ब निक्षेप संकलन गरेर ४८ खर्ब ५८ अर्ब कर्जा लगानी गरेका बैंकहरुले ८७.२४ प्रतिशत मात्र सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) कायम गरेका छन् । जसले ४ खर्ब हाराहारी लगानीयोग्य तरलता बैंकहरुमा थुप्रिन पुगेको सहजै देखिन्छ ।

    कूल निक्षेप मध्ये ५९.३० प्रतिशत फिक्स डिपोजिट (मुद्दती) मा जम्मा भएको छ भने २५.४२ प्रतिशत बचतमा र ८.०३ प्रतिशत चल्ती खातामा जम्मा भएको केन्द्रीय बैंकले जनाएको छ ।


    बुधवार, श्रावण ३ २०८००२:५३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij