Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

वीरेन्द्रनगर नगरपालिकाको ३ अर्ब २ करोड ६१ लाख ८९ हजार बजेट

वीरेन्द्रनगर नगरपालिकाको ३ अर्ब २ करोड ६१ लाख ८९ हजार बजेट

  • आइतवार, आषाढ १० २०८०

  • 484
    SHARES

  • वीरेन्द्रनगर नगरपालिकाको ३ अर्ब २ करोड ६१ लाख ८९ हजार बजेट

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजारको बजेट ल्याएको छ ।

    १३ औँ नगर सभामार्फत आइतबार नगर उपप्रमुख नीलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब बढीको बजेट पेश गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार बराबरको बजेट ल्याएको थियो ।

    उपप्रमुख खनालले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १ अर्ब ८३ करोड ४६ लाख ९९ हजार र चालुतर्फ १ अर्ब २५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट १ अर्ब ३८ करोड ३० लाख, वित्तीय सामानीकरण अनुदानबाट २२ करोड ८९ लाख, संघीय राजस्व बाँडफाँडबाट १७ करोड ९६ लाख, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान २ करोड ९३ लाख, सशर्त अनुदान ३१ करोड २९ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै नगरपालिकाको आन्तरिक आय ४० करोड ४३ लाख, खर्च नभएको मौज्दात रकम ५ करोड र सामाजिक सुरक्षा अनुदान ४० करोड रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

    उपप्रमुख खनालले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा वडा कार्यालय सञ्चालनका लागि १९ करोड ३८ लाख विनियोजन गरिएको बताउनुभयो । त्यस्तै नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

     


    आइतवार, आषाढ १० २०८००६:५७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij