Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

इप्पानको उपाध्यक्षका लागि भरत खत्री साझा उम्मेदवार, यस्ता छन् एजेण्डा

इप्पानको उपाध्यक्षका लागि भरत खत्री साझा उम्मेदवार, यस्ता छन् एजेण्डा

  • सोमवार, जेठ २९ २०८०

  • 833
    SHARES

  • इप्पानको उपाध्यक्षका लागि भरत खत्री साझा उम्मेदवार, यस्ता छन् एजेण्डा

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को निर्वाचन जेठ ३२ गते हुँदैछ ।

    नयाँ कार्यसमितिका लागि धेरै आकांक्षीले उम्मेदवारी दर्ता गराइरहेका छन् । कार्य समिति उपाध्यक्षका लागि भरत खत्री भने साझा उम्मेदवार बन्नुभएको छ ।

    गणेश कार्की र किरण मल्ल अध्यक्षको उम्मेदवारी दिएर मैदानमा उत्रिँदा हाल इप्पानको सचिव रहेका खत्री भने दुवै प्यानलमा पर्नुभएको छ ।

    खत्री गणेश कार्की प्यानलको उम्मेदवारी घोषणासभामा सोमबार उपस्थित हुनुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको ऊर्जा तथा वातावरण समिति सदस्यसमेत भइसक्नुभएका खत्री पेशाले कानून व्यवसायी तथा पर्यटन क्षेत्रका समेत लगानीकर्ता हुनुहुन्छ ।

    कोशी प्रदेशकै उत्कृष्टमध्येको विराटनगरस्थित बिग होटल उहाँकै नेतृत्वमा सञ्चालित छ । पछिल्लो एक दशकयता उहाँले विभिन्न जलविद्युत आयोजनाहरुको निर्माण गरहनुभएको छ ।

    पछिल्लो समय पूर्णकालीन रुपमा हाइड्रो क्षेत्रमा लगानी गर्नुभएका खत्री करिब १२ वर्षदेखि ऊर्जाको क्षेत्रमा भएका समस्या समाधान गर्न नीति निर्माताहरुसँग दबाबमूलक अभियानमा समेत हुनुहुन्छ ।

    खत्रीले ऊर्जा क्षेत्र सँगसँगै पर्यटन क्षेत्रमा पनि लगानी गर्नुभएको छ । कानून र हाइड्रोमा स्नातकोत्तर गरेका खत्री ऊर्जा क्षेत्र र पर्यटन व्यवसायमा सफल व्यक्ति मानिनुहुन्छ ।

    पछिल्लो समय उहाँ नीति निर्माताहरुसँग ऊर्जा क्षेत्रमा समस्या पहिचान र समाधानका छलफलमा बढी व्यस्त रहने गर्नुभएको छ । । नेपाल उद्योग वाणिज्य महासंघको ऊर्जा समितिमा बसेर ३ वर्ष काम गरेको अनुभव पनि खत्रीसँग छ ।

    खत्रीले अपी पावर कम्पनीबाट ऊर्जाको व्यवसायिक यात्रा सुरु गर्नुभएको हो। अपी पावरपछि जोशी हाइड्रो, हिमाल हाइड्रो दोलखा, पिपुल्स पावर कम्पनीलाई उहाँले सफल बनाइसक्नुभएको छ ।

    ९७ मेगावाटको निजी क्षेत्रको सबैभन्दा ठूलो इखुवा खोला जलविद्युत आयोजना खत्रीले निर्माण गरिरहनुभएको छ । सो आयोजना संखुवासभामा निर्माण भइरहेको छ ।

    त्यस्तै १४ दशमलब ५ मेगावाटको इसुवा खोला हाइड्रो, ४० मेगावाटको इसुवा पावर र कृष्ण पावर खत्रीको नेतृत्वमा निर्माण भइरहेका छन् । सरकारी पक्षबाट जलविद्युत निर्माणमा आयोजनाको सञ्चालनमा हुने ढिलासुस्ती, रोकिएको पीपीए खुलाउने, उत्पादन भएको विद्युत सहज बिक्री, बैंकको व्याजदर र लगानी सहज बनाउने जस्ता काममा खत्रीले यसबीचमा अग्रणी भूमिका निर्वाह गरिरहनुभएको छ ।


    भरत खत्रीका चुनावी एजेण्डा यस्ता रहेका छन् :–

    १. इप्पानको उद्देश्य र लक्ष्यअनुसार सम्बन्धित निर्देशित कार्य गर्ने ।

    २. यथासक्य व्यवसायिक हक लक्षित विद्युत ऐन निर्माणमा लाग्ने ।

    ३. विगत लामो समयदेखि रोकिएको पीपीएहरू गर्न पहल गर्ने ।

    ४. विभिन्न समयमा हाइड्रो पावरको प्रोमोटर शेयर संरचना तथा शेयर लकइन अवधि सम्बन्धमा हुने गरेका वादविवादहरूको अन्त्य गर्ने ।

    ५. पीपीएमा उल्लेख भएको असमान प्रावधानहरूको उचित समाधान गर्ने ।

    ६. नेपालको सबै तहमा विद्युतीकरण गर्ने र सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने ।

    ७. नेपाल विद्युत प्राधिकरणद्वारा बिक्री गरी सरप्लस जलविद्युतको छिमेकी राष्ट्रहरूमा विद्युत व्यापार गर्न पहल गर्ने ।

    ८. विद्युत ऐनमा उल्लेख भएनुसार करार अवधि ५० वर्ष पुर्‍याउन पहल गर्ने ।

    ९. समय समयमा हुने मौद्रिक नीति तथा आर्थिक क्रियाकलापहरूमा प्रत्यक्ष सहभागी हुने ।

    १०. विद्युत व्यापारको लागि आवश्यक गाइडलाइनहरु निर्माणमा सहभागी हुने ।

    ११. सम्पूर्ण चरणमा निर्माणाधीन जलविद्युत आयोजनाहरूको जग्गा प्राप्ति, वन, उद्योग, गृह, ऊर्जालगायत दर्जनौं व्यवसायीको समस्या हल गर्न लागिपर्ने ।

     


    सोमवार, जेठ २९ २०८००७:३५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij