Aug 31 2026 | २०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

  • मंगलवार, जेठ १६ २०८०

  • 904
    SHARES

  • प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

    भेटका क्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको टोलीले संगीत रोयल्टीसँग सम्बन्धित विधेयकमा प्रतिलिपि अधिकार सम्बन्धि व्यवस्था गर्नुपर्ने माग गरेको छ । त्यस्तै, प्रष्ठिानको टोलीले अध्यक्ष तिमिल्सिनासँग नेपाली गीत संगीतमा देखिएको विकृति विसंगति न्यूनिकरण गर्नका निम्ति नीतिगत रुपमा सहयोगको अपेक्षा गरेको छ ।

    350350893_801939554484588_7233265621469406167_n.jpg

    भेटमा अध्यक्ष तिमिल्सिनाले कलाकार राष्ट्रको गहना भएको बताउँदै उनीहरुको संरक्षण गर्नु राज्यको दायित्व रहेको बताउनुभएको थियो । भेटका क्रममा कलाकारलाई स्वास्थ्य बीमाको व्यवस्था, सिहदरबार, विमानस्थलको भीआइपी कक्ष प्रयोग गर्न सहज बनाउने विषयमा समेत छलफल भएको थियो । भेटमा प्रतिष्ठानकी महिला उपाध्यक्ष राधिका हमाल, उपाध्यक्ष कृष्ण रेउले, उपाध्यक्ष खुमन अधिकारी, कार्यवाहक महासचिव शिरिष देवकोटालगायतको उपस्थिति रहेको थियो ।

    अध्यक्ष तिमिल्सिनाले हालै सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरुलाई बधाईसँगै निस्वार्थ रुपमा कलाकारको हकहितमा काम गर्न आग्रह गर्नुभएको सञ्चार समन्वय विभाग प्रमुख राजकुमार रायमाझीले जानकारी दिनुभयो ।


    मंगलवार, जेठ १६ २०८००४:३६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij