काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) ०८०/८१ मा ६०० झोलुंगे पुल बनाउने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आवको बजेट प्रस्तुत गर्दै आगामी आवमा झोलुंगे पुल बनाउन ५ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो।
सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माण गरिन लागेका ‘नयाँ शहर’ आयोजनाका लागि २ अर्ब १९ करोड बजेटको व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो ।