Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

बजेट तयारीले १६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

बजेट तयारीले १६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

  • बिहिवार, जेठ ११ २०८०

  • 621
    SHARES

  • बजेट तयारीले १६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

    काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

    अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निणर्यबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो ।

    सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ ।

    वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो । नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।


    बिहिवार, जेठ ११ २०८००४:५३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij